काठमाडाैं । गण्डकी प्रदेशमा ६२ जना कोरोना संक्रमित थपिएका छन्।
याेसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या ४ हजार ७ सय ५३ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए।
थपिनेमा बाग्लुङका ३६ , कास्कीका २१ र लमजुङका पाँच जना रहेका छन्। सबै सङ्क्रमितको आइसोलेसनमा व्यवस्थापन गर्ने तयारी भैरहेको निर्देशनालयले जनाएको छ ।