काठमाडौं। यतति व्रूअरीको उत्पादन अर्ना बियरले आईसीसी टी-२० विश्वकप क्रिकेटमा छनोट भएको नेपाली राष्ट्रिय क्रिकेट टिमलाई पुरस्कार रकम प्रदान गरेको छ ।
अर्नाले पूर्व निर्धारित घोषणा अनुसार सोमबार साँझ काठमाडौंमा एक कार्यक्रमको आयोजना गरेर कूल ४१ लाख ७६ हजार बराबर पुरस्कार खेलाडीहरुलाई दिएको हो।
अर्नाले वितरण गरेको पुरस्कारमध्ये १८ लाख ७७ हजारको चेक नेपाली क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेललाई प्रदान गरिएको हो ।
उक्त रकम राष्ट्रिय टिमका १५ खेलाडीसहित टिममा रहेका तर छनोट खेलमा नपरेका अलराण्डर दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, विनोद भण्डारी र प्रतिश जिसीका साथै राष्ट्रिय टीमका म्यानेजर सुमनराज कार्की, सहायक प्रशिक्षक वसन्त शाही, भिडिओ एनालिस्ट रमन शिवाकोटी, फिजियो विक्रम न्यौपाने, स्ट्रेन्थ एन्ड कन्डिसनिङ कोच अब्दुल सतार, कन्सल्टेन्ट कोच नन्दन हन्मन्त फडनिसले समानरुपमा प्राप्त गर्नेछन् । जसमा बराबर भाग लगाउँदा प्रत्येक खेलाडीलाई ९० हजारको हाराहारी पर्न आउने देखिएको छ । यो अर्नाले सेमिफाइनल र फाइनल खेलका लागि घोषणा गरेको पुरस्कार हो ।
यस्तै अर्नाले समूह चरणमा भने खेलाडी केन्द्रीत पुरस्कार घोषणा गरेको थियो । नेपालले समूह चरणमा सिंगापुरसँगै ओमान र मलेसियासँग खेलेको थियो । जसमा अर्नाले खेलाडीहरूलाई उनीहरूको प्रदर्शनका आधारमा नगद पुरस्कार दिने घोषणा गरेको थियो ।
ब्याट्सम्यानलाई प्रत्येक रनका लागि एक हजार, चौकाका लागि १० हजार (अतिरिक्त) र छक्काका लागि २० हजार (अतिरिक्त) दिने उद्घोष गरेको थियो । यस्तै, बलरलाई प्रत्येक डट बलका लागि एक हजार, मेडन ओभरका लागि १० हजार, विकेटका लागि २५ हजार नगद दिने अर्नाले घोषणा गरेको थियो । दोस्रो म्याचमा पुरस्कारको विधा थप्दै रनआउट र क्याच गर्नेलाईसमेत २५ हजार दिने घोषणा गरेको थियो ।
अर्नाले समूह चरणका यी तीन खेलमा कूल २२ लाख ९९ हजार खर्च भएको जनाएको छ । उक्त २२ लाखमध्ये सबैभन्दा धेरै पुरस्कार पाउनेमा ओपनर कुशल भूर्तेल रहेका छन् । प्रतियोगीताकै सर्वाधिक धेरै रन बकाएका भूर्तेलले समूह चरणको खेलबाट मात्रै ५ लाख ३ हजार प्राप्त गरेका छन् । समग्रमा उनले ५ लाख ९३ हजार हाराहारीमा रकम प्राप्त गरेका छ्न । त्यस्तै सबैभन्दा धेरै रकम पाउने दोस्रो खेलाडी कुशल मल्ल हुन् । उनले समूह चरणको खेलमा मात्रै अर्नाको तर्फबाट २ लाख ९० हजार प्राप्त गरेका छन् ।
त्यस्तै अविनाश बोहराले २ लाख २४ हजार, आसिफ शेखले २ लाख ३९ हजार, कप्तान रोहित पौडेलले १ लाख ६३ हजार, गुल्सन झाले एक लाख ४१ हजार ५ सय, सन्दीप लामिछानेले १ लाख ८२ हजार, सन्दीप जोराले ७० हजार, विवेक यादवले १ लाख ४१ हजार, करण केसीले २ लाख २ हजार ५ सय र सोमपाल कामीले १ लाख ४३ हजार रकम समूह चरणको खेलबाट प्राप्त गरेका छन् ।
काठमाडौँ। एनपीएलको तेस्रो सिजन अन्तर्गतको तेस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङको निर्णय गरेको छ । तेस्रो संस्करणको नेपाल (एनपीएल)मा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध...
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले विराटनगर किंग्सलाई आठ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा...
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय(टीयू) क्रिकेट...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन गरेका छन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा प्रधानमन्त्री शाहले प्रतियोगिताको उद्घाटन...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को सुरक्षाका लागि दैनिक १ हजार भन्दा बढी प्रहरी परिचालन हुने भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले एनपीएलकै लागि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend