Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • प्रहरीमा कोरोना संक्रमितको ग्राफ उकालो लाग्दै, हालसम्म करिब ५ हजारमा संक्रमण पुष्टि


    आइतबार, असोज २५ २०७७
    845
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल प्रहरीमा कोरोना संक्रमितको ग्राफ निरन्तर उकालो लाग्ने क्रम जारी छ । हालसम्म प्रहरीमा ४ हजार ९ सय ६३ जनामा कोरोना संक्रमण पुष्टि भैसकेको छ । 

    ती मध्ये २ हजार १४ जना उपचाररत छन् भने २ हजार ९ सय ४९ जना संक्रमण मुक्त भइ डिस्चार्ज भैसकेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार प्रहरी प्रधान कार्यालयमै ३ सय ८५ जना कोरोनाका सक्रिय संक्रमित छन् भने काठमाडौं उपत्यकामा ६ सय ८३ जना कोरोनाका सक्रिय संक्रमित छन् ।

    यस्तै प्रदेश १ मा १ सय ६२ जना, प्रदेश २ सय ८५ जना, बागमती प्रदेशमा १ सय ४६ जना,गण्डकी प्रदेशमा १ सय ९१ जना, लुम्बीनी प्रदेशमा १ सय ८७ जना, कर्णाली प्रदेशमा ४८ जना र सुदूरपश्चिम प्रदेशमा १ सय २७ जना प्रहरी कोरोनाका सक्रिय संक्रमित छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार