Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • सुनको भाउ ८ सयले बढ्यो


    आइतबार, असोज २५ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । गत साता निरन्तर ओरालो लागेको सुनको भाउ यो साताको सुरुकै दिन आइतबार ८ सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि तोलाको ९५ हजार ६ सय कायम गरेको छ । गत शुक्रबार तोलाको ९४ हजार ८ सय थियो ।

    यस्तै तेजावी सुनको भाउ पनि बढेर तोलाको ९५ हजार १ सय पुगेको छ । गत शुक्रबार ९४ हजार ३ सय थियो ।

    चाँदीको भाउ पनि एकै दिन तोलामा ४० रुपैयाँले बढेको छ । महासंघले आजका लागि चाँदीको भाउ १२ सय ३५ कायम गरेको छ । गत शुक्रबार तोलाको ११ सय ९५ थियो ।   

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार