Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • डा. गोविन्द केसीको स्वास्थ्य अवस्था नाजुक,भर्ना भए आईसीयूमा


    आइतबार, असोज २५ २०७७
    915
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । २८ दिनसम्म अनशन बसेका डा. गोविन्द केसीलाई आईसीयूमा भर्ना गरिएको छ । १९ औं अनशन २८ दिनपछि तोडेका डा. केसीको स्वास्थ्य अवस्था अत्यन्त्यै बिग्रिँदै गएपछि उनलाई आईसीयूमा राखेर उपचार सुरु गरिएको हो ।

    सरकारले माग पूरा नगरेसम्म उनले कुनै पनि उपचार सेवा लिएका थिएनन् ।

    शनिबार राति सरकार र डा. केसी पक्षबीच ८ बुँदे सहमति भएपछि उनले आज बिहान अनशन तोडेका हुन् । डा केसीलाई अनशनस्थल, त्रिवि शिक्षण अस्पतालमा एक सरसफाइ कर्मचारीले जुस पिलाएर अनशन तोडाएका हुन् ।

    केसीले गत भदौ १९ गतेदेखि जुम्लाबाट १९औँ अनशन सुरु गरेका स्वास्थ्यस्थिति खराब हुन थालेपछि सरकारले काठमाडौं ल्याइएको थियो ।

    सरकारले मेडिकल शिक्षाका लागि विभिन्न ठाउँमा कलेज स्थापना गर्न लागेसमेतको जानकारी गराउँदै गेटा मेडिकल कलेज भवन र अस्पताल भवन निर्माण सम्पन्न भैसकेको र अन्य पूर्वाधार निर्माणको काम अन्तिम चरणमा रहेको जनाएको छ ।

    यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा एमबीबीएस कार्यक्रम सञ्चालनका लागि चिकित्सा शिक्षा आयोग समक्ष स्वयं मूल्याङ्कन प्रतिवेदन पेश गरिसकेको छ ।

    यस्तै प्रत्येक प्रदेशमा सरकारी मेडिकल कलेज स्थापनाका लागि बर्दिवास, बुटवल र सुर्खेतमा जग्गा प्राप्ति र गुरु योजना स्वीकृत भइरहेको, वातावरणीय प्रभाव मूल्याङ्कन स्वीकृतको अन्तिम चरणमा रहेको छ र हाल विस्तृत परियोजना प्रस्ताव सम्बन्धि कार्य प्रारम्भ भैसकेको जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार