Nepal Face
  • आइतबार, १० साउन २०८३
  • धुलिखेल अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु


    आइतबार, असोज २५ २०७७
    715
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काभ्रे । कोरोना संक्रमण पुष्टि भएका धुलिखेल–११ डाँडागाउँका एक जनाको धुलिखेल अस्पतालमा मृत्यु भएको छ । ७ दिनदेखि भेन्टिलेटर राखेर उपचार भइरहेका ५२ वर्षीय पुरुषको आइतबार बिहान २ बजे मृत्यु भएको हो।

    ५ दिनअछि उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । धितालका अनुसार उनकी श्रीमती र छोराछोरीको स्वाब संकलन गरी परिक्षण गर्दा नतिजा नेगेटिभ देखिएको छ ।

    स्वास्थ्य कार्यलय काभ्रेका वरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्रकुमार झाका अनुुसार यसअघि जिल्लामा १३ जनाको मृत्यु भैसकेको छ । ४ पुरुष र ४ महिला काभ्रेका हुन् भने अन्य जिल्लाका ३ पुरुष र २ महिलाको उपचारको क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको थियो ।

     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार