Nepal Face
  • आइतबार, १० साउन २०८३
  • विवादास्पद खेलमा ९ खेलाडीमा सीमित टोटनह्यामलाई चेल्सीले हरायो


    मंगलबार, कार्तिक २१ २०८०
    960
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । अराजकता र विवादबिच चेल्सीले नौ खेलाडीमा सीमित बनेको टोटनह्याम हटस्पर्सलाई हराएको छ । सोमबार राति भएको खेलमा चेल्सी ४–१ गोलले विजयी भएको हो ।

    खेलमा कूल ५ वटा गोल भएका थिए भने त्यति नै गोल रद्द भएका थिए भने स्पर्सका दुई खेलाडीले रातो कार्ड पाएका थिए । खेलमा स्पर्सले उत्कृष्ट सुरुवात गरेको थियो । छैटौँ मिनेटमा डेजान कुलुसेभ्स्कीले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

    त्यसपछि राहिम स्टर्लिङ र मोइसेस काइसेडोको एक–एक वटा गोल क्रमशः ह्यान्ड बल र अफसाइड भन्दै रद्द गरिएको थियो । तर, ३३ औँ मिनेटमा क्रिस्टियन रोमेरोले विपक्षी खेलाडीलाई फल हानेपछि चेल्सीले पेनाल्टी पायो ।

    रोमेरोले पनि स्पर्सको करियरमा चौथो रातो कार्ड पाए । पेनाल्टीको अवसरलाई कोल पाल्मरले सजिलै गोलमा परिणत गर्दै खेल बराबरी गरे ।

    दोस्रो हाफको सुरुवातमा डेस्टिनी उडोगीले रातो कार्ड पाएपछि स्पर्स ९ खेलाडीमा सीमित बन्यो । यसको फाइदा उठाउँदै ७५ औँ मिनेटमा निकोलास ज्याक्सनले चेल्सीलाई खेलमा अग्रता दिलाए । इन्जुरी समयमा थप दुई गोल गर्दै उनले आफ्नो ह्याट्रिक पनि पूरा गरे ।

    पराजयपछि स्पर्सले प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिने अवसर गुमाएको छ । ११ खेलबाट २६ अङ्कसहित टोली दोस्रो स्थानमा छ । उता चेल्सी भने १५ अङ्क बटुल्दै १० औँ स्थानमा उक्लिएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार