काठमाडौं । अराजकता र विवादबिच चेल्सीले नौ खेलाडीमा सीमित बनेको टोटनह्याम हटस्पर्सलाई हराएको छ । सोमबार राति भएको खेलमा चेल्सी ४–१ गोलले विजयी भएको हो ।
खेलमा कूल ५ वटा गोल भएका थिए भने त्यति नै गोल रद्द भएका थिए भने स्पर्सका दुई खेलाडीले रातो कार्ड पाएका थिए । खेलमा स्पर्सले उत्कृष्ट सुरुवात गरेको थियो । छैटौँ मिनेटमा डेजान कुलुसेभ्स्कीले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।
त्यसपछि राहिम स्टर्लिङ र मोइसेस काइसेडोको एक–एक वटा गोल क्रमशः ह्यान्ड बल र अफसाइड भन्दै रद्द गरिएको थियो । तर, ३३ औँ मिनेटमा क्रिस्टियन रोमेरोले विपक्षी खेलाडीलाई फल हानेपछि चेल्सीले पेनाल्टी पायो ।
रोमेरोले पनि स्पर्सको करियरमा चौथो रातो कार्ड पाए । पेनाल्टीको अवसरलाई कोल पाल्मरले सजिलै गोलमा परिणत गर्दै खेल बराबरी गरे ।
दोस्रो हाफको सुरुवातमा डेस्टिनी उडोगीले रातो कार्ड पाएपछि स्पर्स ९ खेलाडीमा सीमित बन्यो । यसको फाइदा उठाउँदै ७५ औँ मिनेटमा निकोलास ज्याक्सनले चेल्सीलाई खेलमा अग्रता दिलाए । इन्जुरी समयमा थप दुई गोल गर्दै उनले आफ्नो ह्याट्रिक पनि पूरा गरे ।
पराजयपछि स्पर्सले प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिने अवसर गुमाएको छ । ११ खेलबाट २६ अङ्कसहित टोली दोस्रो स्थानमा छ । उता चेल्सी भने १५ अङ्क बटुल्दै १० औँ स्थानमा उक्लिएको छ ।
काठमाडौँ। एनपीएलको तेस्रो सिजन अन्तर्गतको तेस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङको निर्णय गरेको छ । तेस्रो संस्करणको नेपाल (एनपीएल)मा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध...
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले विराटनगर किंग्सलाई आठ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा...
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय(टीयू) क्रिकेट...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन गरेका छन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा प्रधानमन्त्री शाहले प्रतियोगिताको उद्घाटन...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को सुरक्षाका लागि दैनिक १ हजार भन्दा बढी प्रहरी परिचालन हुने भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले एनपीएलकै लागि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend