धनगढी । सेती प्रादेशिक अस्पताल धनगढीमा शनिबार राति ५२ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।
अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठका अनुसार धनगढी उपमहानगरपालिका–३ का ती पुरुषको शनिबार राति २ बजेर १५ मिनटमा मृत्यु भएको हो । असोज २० गते कोरोना पुष्टि भएका उनी अस्पतालमा २३ गते भर्ना गरिएको थियो ।
कलेजोमा समस्या भएका संक्रमितलाई शनिबार राति श्वासप्रश्वासमा समस्या भएको श्रेष्ठले बताए ।
मृतकको शव व्यवस्थापनका लागि नेपाली सेनाको जिम्मामा दिइने भएको छ । योसँगै सेती अस्पतालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ ।