Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • दाङमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु


    सोमबार, कार्तिक २० २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • दाङ। दाङमा मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ ।

    बा ३३ प ३६३४ नम्बरको मोटरसाइकलले दाङको लमही नगरपालिका वडा नम्बर ८ सतबरीयामा साइकललाई ठक्कर दिँदा साइकलयात्री स्थानीय ५५ वर्षका भीमसेन थारुको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

    मोटरसाइकल चालक रसुवा कालिकास्थान नगरपालिका वडा नम्बर ५ का २३ वर्षका राजेश देवकोटा घाइते भएका छन् । उनलाई उपचारको लागि नेपालगञ्ज पठाइएको प्रहरीले जनाएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार