Nepal Face
  • बिहिबार, १३ कार्तिक २०८३
  • शीर्ष स्थानमा उक्लिने अवसर गुमायो रियलले


    सोमबार, कार्तिक २० २०८०
    1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । आफ्नो घरेलु मैदानमा रायो भायोकानोसँग गोलरहित बराबरीमा रोकिँदै रियल मड्रिडले स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ ।

    बराबरीपछि रियल अङ्क तालिकाको दोस्रो स्थानमा सीमित बनेको हो । १२ खेलबाट रियलको २९ अङ्क रहेको छ । शीर्ष स्थानमा रहेको जिरोनाको ३१ अङ्क छ । जिरोनाले शनिबार ओसासुनालाई ४–२ गोलले हराएको थियो ।

    रियलका लागि भाल्भर्डे, जोसेलु, जुड बेलिङह्याम र भिनिसि जुनियरले गोलको अवसर पाए पनि त्यसलाई सदुपयोग गर्न सकेनन् । कार्लो एन्चेलोटीको टोलीले विपक्षीको पोस्टमा २२ वटा प्रहार गर्ने पनि गोल भने गर्न सकेनन् ।

    रियलको घरेलु मैदानमा भायोकानोले अङ्क बटुलेको सन् २००० पछि पहिलोपटक हो । टोली पछिल्ला ९ खेलमा अपराजित पनि रहेको छ ।

    एल क्लासिकोका हिरो खेलको बेलिङह्याम पहिलो हाफमा घाइते भएका थिए । उपचारपछि उनी मैदानमा फर्किए पनि गोल भने गर्न सकेनन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार