काठमाडौं । आईसीसी टी-२० विश्वकप छनोटको बेस्ट ब्याटर नेपालका तर्फबाट कुशल भुर्तेल बनेका छन् । घरेलु मैदानमा आयोजित छनोट प्रतियोगितामा कुशल सर्वाधिक रन बनाउने ब्याट्सम्यान बनेका थिए ।
११ विकेट लिएका ओमानका बिलाल खान बेस्ट बलर घोषित भए । उनले ११ विकेट लिएका थिए । सुपर ओभरमा बिलालले उत्कृष्ट प्रदर्शन गरेपछि आज नेपाललाई हराएर ओमानले उपाधि हात पारेको थियो । ओमानका अकिब इलियास बेस्ट प्लेयर र कश्यप प्रजापति प्लेयर अफ दी फाइनल घोषित भए ।
नेपालका विभिन्न कर्पोरेट हाउसले प्रायोजन गरेका अन्य अवार्डहरुमा नेपाली खेलाडीहरुको पकड रह्यो । बेस्ट डेलिभरी अफ दी म्याच सोमपाल कामी, क्याच अफ दी म्याच विवेक यादब, सबैभन्दा लामो छक्का करन केसी, सट अफ दी म्याच गुल्सन झा, फास्टेस्ट रन स्कोरर करन केसी, माइलस्टोन अफ दी डे गुल्सन झाले प्राप्त गरे ।
बजाजले प्रायोजन गरेको नेपाल्स बेस्ट ट्यालेन्ट र पठाओले प्रायोजन गरेको नेपाली टोलीभित्रको प्लेयर अफ दी सिरिज दुवै गुल्सन झाले प्राप्त गरे । प्लेयर अफ दी सिरिजबापत उनले ५५ हजार ५ सय ५५ र नेपाल्स बेस्ट ट्यालेन्टबापत मोटरसाइकल प्राप्त गरेका छन्।
कसले के पाए ?
बेस्ट डेलिभरी- सोमपाल कामी (१० हजार)
क्याच अफ द म्याच- विवेक यादव (१० हजार)
लामो छक्काः करण केसी (१५ हजार)
सट अफ द म्याचः गुल्शन झा (१० हजार)
फास्टेस्ट स्कोररः करण केसी (१५ हजार)
एक्स एजबाट टीमलाई (१० लाख)
माइलस्टोन अफ द म्याच- गुल्शन झा (१० हजार)
काठमाडौँ। एनपीएलको तेस्रो सिजन अन्तर्गतको तेस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङको निर्णय गरेको छ । तेस्रो संस्करणको नेपाल (एनपीएल)मा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध...
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले विराटनगर किंग्सलाई आठ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा...
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय(टीयू) क्रिकेट...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन गरेका छन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा प्रधानमन्त्री शाहले प्रतियोगिताको उद्घाटन...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को सुरक्षाका लागि दैनिक १ हजार भन्दा बढी प्रहरी परिचालन हुने भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले एनपीएलकै लागि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend