काठमाडौँ। नेपाल सरकारले बजारमा चिनी उपलब्ध गराउन आजबाट २५ हजार टन चिनी खरिद प्रक्रिया सुरु गर्ने भएको छ । उक्त चिनी सरकारले तिहार अघि नै बजारमा बिक्री गर्ने जनाएको छ ।
चिनी बजारमा बिक्रीसँगै चिनी अभाव नहुने वाणिज्य आपूर्ति तथा संरक्षण विभागका महानिर्देशक तीर्थराज चिलुवालले बताए । भारतले नेपालमाथि चिनी निर्यातसम्बन्धी प्रतिबन्ध लगाएसँगै बजारमा चिनी अभाव भएको थियो । भारतले नेपालाई २५ हजार टन चिनी उपलब्ध गराउने जनाएपछि सरकारले खरिद गर्ने भएको हो ।
वाणिज्य आपूर्ति तथा संरक्षण विभागका महानिर्देशक तीर्थराज चिलुवालका अनुसार जिटूजी प्रक्रियाबमोजिम भारतले नेपाललाई दिने चिनी तिहार अगावै बजारमा पठाइनेछ । उनकाअनुसार चिनी ल्याउनका लागि आइतबारबाट नै प्रक्रिया थालिनेछ । उनले भने, “भारतले बेच्ने २५ हजार टन चिनी तिहार अघि नै बजारमा पठाउँछौँ । आइतबार बाट खरिदको प्रक्रिया सुरु हुनेछ ।” भारतबाट चिनी आयात भएपछि अहिले देखिएको चिनीको कालोबजारी घट्ने अपेक्षा रहेको उनले सुनाए । उनका अनुसार जी टू जी प्रक्रियाबाट ल्याउने चिनीको भन्सार महसुल ५० प्रतिशत मात्र तिर्नुपर्ने भएकाले पहिलेको चिनीको तुलनामा मूल्य समेत कम पर्नेछ ।
भारतले नेपाललाई चिनी दिने भनेपछि अहिले व्यावसायीहरुले चिनी खरिद गरिदिनुपर्यो भनेर फोन गर्ने गरेको उनले बताए । भारतले दिने भनेको चिनी साल्ट ट्रेन्डिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ल्याउने उनको भनाइ छ । उनले भने, “भारतबाट चिनी आयात भएपछि बजारमा अहिले देखिएको चिनीको अभाव कम हुँदै जानेछ, चिनीको मूल्य पनि सस्तो हुनेछ ।”
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
काठमाडौँ । नेपालको पहिलो आधुनिक यातायात सुरुङमार्ग ‘नागढुंगा–सिस्नेखोला सुरुङमार्ग’ सोमवारबाट औपचारिक रूपमा उद्घाटन गरिने भएको छ । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग ९जाइका० को सहुलियतपूर्ण ऋण...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend