Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ओमानविरुद्ध नेपालले पहिलो विकेट गुमायो


    आइतबार, कार्तिक १९ २०८०
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । आईसीसी टी–२०विश्वकप एसिया छनोटको फाइनलमा ओमानविरुद्ध नेपालले पहिलो विकेट गुमाएको छ ।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा तेस्रो ओभरको चौथो बलमा नेपालले आसिफ शेखलाई गुमाएको हो । आसिफ ६ रनमा पभेलियन फर्किए ।

    जारी खेलको तीन ओभर समाप्त हुँदा नेपालले एक विकेट गुमाएर १६ रन बनाएको छ ।

    यसअघि समूह चरणमा नेपालविरुद्ध पाँच रनको जित निकाल्दै ओमान समूह ‘ए’ को विजेता बनेको थियो । आज नेपाल सोही खेलको बदलासहित घरेलु मैदानमा उपाधि जित्ने लक्ष्यमा छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार