Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भरतपुर अस्पतालमा उपचाररत कोरोना सङ्क्रमितको मृत्यु


    शनिबार, असोज २४ २०७७
    750
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • चितवन ।  भरतपुर अस्पतालमा उपचारका क्रममा एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर १ का ४७ वर्षीय पुरुष रहेको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिनुभयो ।

    यही असोज २३ गते ज्वरो, खोकी र श्वासप्रश्वासको समस्या भई अस्पताल भर्ना भएका उनको सोही दिन कोरोना पुष्टि भएको थियो । उनको उपचारका क्रममा आज साँझ कोभिड सघन उपचार कक्षमा मृत्यु भएको पौडेलले जानकारी दिनुभयो । योसँगै जिल्लामा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ३२ पुगेको । जसमध्ये ५ जनाको होम आइसोलेसनमा मृत्यु भएको हो । रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार