Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • खुकुरी प्रहार गरी श्रीमतीको हत्या


    शनिबार, असोज २४ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • झापा । कमल गाउँपालिका–२ त्रिवेणी चोक बस्ने ३४ वर्षीय रामजी थापाले आज साँझ श्रीमतीको हत्या गरेका छन् । उनले घरायसी विवाद हुँदा २४ वर्षीया श्रीमती रीता थापाको घाटीमा खुकुरी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

    घटनाबारे थाहा पाउने वित्तिकै घटनास्थल पुगेको तोपगाछी प्रहरी चौकीबाट खटिएको टोलीले उनलाई घटनास्थलबाटै पक्राउ गरेको हो । प्रहरीले अभियुक्त रामजीलाई जिल्ला प्रहरी कार्यालय झापाको हिरासतमा राखी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले बताउनुभयो । प्रहरीले उनले श्रीमतीको हत्यामा प्रयोग गरेको खुकरी समेत नियन्त्रणमा लिएको जनाएको छ ।रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार