काठमाडाैँ । पर्यटन मन्त्री याेगेश भट्टाराई काेराेना संक्रमित भएका छन्। उनले समाजिक सञ्जाल फेसबुक मार्फत उक्त कुराकाे जानकारी गराएकाे हुन्।
उनले फेसबुकमा लेखेका छन्,’ गत सोमबार कोरोना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको थियो। त्यसक्रममा काठमाडौँ बाहिरका केही कार्यक्रममा सहभागी पनि भएँ। हिजो शुक्रबार बेलुका निवासमा फर्केपछि हल्का ज्वोरो महशुस भयो। आज शनिबार कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको जानकारी पाएको छु। हालसम्म पनि हल्का ज्वारो बाहेक अरू समस्या देखिएको छैन। केही दिन यता मसँग सम्पर्क आएका महानुभावहरूलाइ सतर्क रहन र कुनै समस्या देखिएमा कोरो परीक्षण गरी ढुक्क हुनु अनुरोध गर्दछु। मेरो कारणले कसैलाइ पर्न जाने असुविधाप्रति क्षमाप्राथी छु।होसियार रहनु र परिआएको सामना गर्न बाहेक के नै पाे विकल्प छ र?’