Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • भूकम्प पीडितका लागि कांग्रेसले सरकारको कोषमा ५० लाख रुपैयाँ उपलव्ध गराउने


    शनिबार, कार्तिक १८ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । सत्तारुढ नेपाली कांग्रेसले भूकम्प प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनस्र्थापनाका लागि सरकारको कोषमा ५० लाख रुपैयाँ उपलव्ध गराउने निर्णय गरेको छ ।

    कांग्रेस केन्द्रीय कार्यालयका सचिव कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्ति प्रकाशित गरी सो कुराको जानकारी दिएका हुन् ।

    कांग्रेसले जाजरकोट केन्द्रबिन्दु भएर गएको ६.४ रेक्टरको भूकम्पमा परेर जाजरकोट लगायतका जिल्लामा ठूलो क्षति भएको जनाउँदै स्वदेश तथा विदेशमा रहेका सबैलाई तन, मन र धनका साथ खुल्ला ह्दयले मानवीय सेवामा जुट्न समेत आग्रह गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार