काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले जाजरकोट केन्द्रबिन्दु भएर गएको विनाशकारी भूकम्पले ठूलो जनधनको क्षति गराएको भन्दै तत्काल उद्दार तथा राहतमा लाग्न नेपाल सरकार र पार्टी पंक्तिलाई आग्रह गर्नुभएको छ ।
शुक्रवार राति गएको विनाशकारी भूकम्पमा परी शनिवार विहानसम्म १ सय ३१ जनाले ज्यान गुमाइसकेका छन् भने सयौको संख्यामा घाइते भएका छन् । घाइतेलाई तत्काल उपचारको ब्यवस्था गर्न अध्यक्ष नेपालले सरकार र संघसंस्थालाई आग्रह गर्नुभएको छ भने उद्दार तथा राहत कार्यमा जुट्न पार्टी पंक्तिलाई निर्देशन दिनुभएको छ ।
‘शुक्रवार मध्यराति गएको विनाशकारी भूकम्पमा परी ठुलो जनधनको क्षति भएको छ, त्यसप्रति म निकै दुःखी छु’, अध्यक्ष नेपालद्धारा जारी विज्ञप्तिमा भनिएको छ ‘घाइतेहरुको उपचार र तत्काल उद्दार तथा राहत कार्यमा जुट्न नेपाल सरकार, विभिन्न संघ संस्था, पार्टी पंक्ति र आम नागरिकमा अपिल गर्न चाहन्छु ।’
अध्यक्ष नेपालले नेकपा (एकीकृत समाजवादी)को आकस्मिक सचिवालय बैठक बोलाउनुभएको छ । बैठक पार्टी कार्यालय आलोकनगरमा विहान ९ बजेदेखि शुरु भएको पार्टीका उपमहासचिव तथा मन्त्री प्रकाश ज्वालाले बताउनुभएको छ । विनाशकारी भूकम्पले ठूलो मानवीय क्षति गरेपछि उपयुक्त निर्णय लिन र उद्धार तथा राहतमा पार्टीको योजना बनाउन बैठक बोलाइएको छ ।
काठमाडौं । चर्चित रेस्टुरेन्ट सेकुवा बाई किलोले भोटेकोशी बाढीबाट प्रभावित परिवारहरूको सहयोगका लागि रु. २० लाख ११ हजार १ सय ११ सहयोग गरेको छ...
काठमाडौँ । नेपाल प्रहरीले विपद्का बेला राहत सामग्री सुरक्षाकर्मीले आफैँले लिएको, वितरण नगरेको वा सामग्री सड्न दिएको भन्ने आशयका सामाजिक सञ्जालमा फैलाइएका सूचना भ्रामक...
काठमाडौं । ठमेल क्षेत्रमा गैरकानुनी रूपमा बसोबास गरी शंकास्पद गतिविधिमा सङ्लग्न रहेको अभियोगमा प्रहरीले १० जना बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको छ । विभिन्न होटल तथा...
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौँ। रसुवाको गोसाईंकुण्ड गाउँपालिका–५ रोङ्गा स्थित रसुवा भोटेकोशी जलविद्युत आयोजनाको टनेलमा एक जनाको शव भेटिएको छ। ड्रोन प्रयोग गरेर खोज तथा उद्धार गर्दा एक जनाको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend