काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले जाजरकोट केन्द्रबिन्दु भएर गएको विनाशकारी भूकम्पले ठूलो जनधनको क्षति गराएको भन्दै तत्काल उद्दार तथा राहतमा लाग्न नेपाल सरकार र पार्टी पंक्तिलाई आग्रह गर्नुभएको छ ।
शुक्रवार राति गएको विनाशकारी भूकम्पमा परी शनिवार विहानसम्म १ सय ३१ जनाले ज्यान गुमाइसकेका छन् भने सयौको संख्यामा घाइते भएका छन् । घाइतेलाई तत्काल उपचारको ब्यवस्था गर्न अध्यक्ष नेपालले सरकार र संघसंस्थालाई आग्रह गर्नुभएको छ भने उद्दार तथा राहत कार्यमा जुट्न पार्टी पंक्तिलाई निर्देशन दिनुभएको छ ।
‘शुक्रवार मध्यराति गएको विनाशकारी भूकम्पमा परी ठुलो जनधनको क्षति भएको छ, त्यसप्रति म निकै दुःखी छु’, अध्यक्ष नेपालद्धारा जारी विज्ञप्तिमा भनिएको छ ‘घाइतेहरुको उपचार र तत्काल उद्दार तथा राहत कार्यमा जुट्न नेपाल सरकार, विभिन्न संघ संस्था, पार्टी पंक्ति र आम नागरिकमा अपिल गर्न चाहन्छु ।’
अध्यक्ष नेपालले नेकपा (एकीकृत समाजवादी)को आकस्मिक सचिवालय बैठक बोलाउनुभएको छ । बैठक पार्टी कार्यालय आलोकनगरमा विहान ९ बजेदेखि शुरु भएको पार्टीका उपमहासचिव तथा मन्त्री प्रकाश ज्वालाले बताउनुभएको छ । विनाशकारी भूकम्पले ठूलो मानवीय क्षति गरेपछि उपयुक्त निर्णय लिन र उद्धार तथा राहतमा पार्टीको योजना बनाउन बैठक बोलाइएको छ ।
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलका लागि अनलाइन टिकट बुकिङ खुलेको आधा घण्टामै टिकट सकिएको छ। प्रतियोगिताको आधिकारिक टिकटिङ...
काठमाडौँ। नयाँ दिल्लीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबिच संक्षिप्त भेटवार्ता भएको छ। अर्थ मन्त्रालयका अनुसार नयाँ दिल्लीस्थित ताज प्यालेस होटलमा आयोजित...
काठमाडौं । सरकारले मुख्यसचिव र सचिवहरूलाई सवारीसाधन खरिदका लागि ६० लाख रुपैयाँसम्म ऋण व्यवस्थापन गर्ने भएको छ । सरकारी कर्मचारीका लागि सवारीसाधन व्यवस्थापन सम्बन्धि निर्देशिका,...
काठमाडौँ। रास्वपा सभापति रवि लामिछानेले आफ्नो भ्रमण नितान्त व्यक्तिगत प्रयोजनका लागि रहेको स्पष्ट पारेका छन् । पत्नी निकिता लामिछानेसहित भारत भ्रमणमा निस्किएका लामिछाने शुक्रबार बिहान...
काठमाडौँ। नेपाल राष्ट्र बैंकले वेब प्रविधि (पीएचपी) मा विश्वव्यापी रूपमा देखिएको गम्भीर सुरक्षा जोखिमलाई मध्यनजर गर्दै आफ्नो वेबसाइटलगायतका सेवाहरू अस्थायी रूपमा बन्द गरेको जनाएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend