Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • जाजरकोट भूकम्प अपडेट : जाजरकोट र रुकुम पश्चिम गरी १२८ जनाको मृत्यु


    शनिबार, कार्तिक १८ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । जाजरकोटको रामेडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पमा परेर मृत्यु हुनेको सङ्ख्या १२८ पुगेको छ ।

    प्रहरीको पछिल्लो रिपोर्ट अनुसार जाजरकोटमा ९२ र रुकुम पश्चिममा ३६ जनाको मृत्यु भएको हाे ।

    भूकम्पका कारण भेरी नगरपालिका स्थित खलङ्गा बजार र नलगाड नगरपालिकामा धेरै क्षति पुगेको छ ।

    घाइतेहरूको सङ्ख्या लगातार बढिरहेको प्रहरीले जनाएको छ ।
    घाइतेहरूको जिल्ला अस्पताल खलङ्गामा उपचार हुँदै छ ।अस्पताले केही घाइतेहरूलाई सुर्खेततर्फ रिफर गरेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार