Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • लाखाैँकाे पटाकासहित एक जना पक्राउ


    शनिबार, असोज २४ २०७७
    965
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • झापा । भद्रपुर नगरपालिका-३ पैतीस लाईनबाट करिब १ लाख ५० हजार रुपैयाँ बराबरको ५८ बण्डल पटाका सहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा भद्रपुर नगरपालिका-४ बस्ने ४२ वर्षीय ढाक्रे राजबंशी रहेका छन् ।

    प्रहरी चौकी महेशपुर र वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको मे.१ ह ३४१३ नम्बरको अटोमा जाँच गर्ने क्रममा उक्त मूल्य बराबरको पटाका फेला पारी चालक राजबंशीलाई पक्राउ गरेको हो ।

    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
     

     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार