Nepal Face
  • आइतबार, १० साउन २०८३
  • १७ हजार १ सय ६४ जना संक्रमित होम आइसोलेसनमा


    शनिबार, असोज २४ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । देशभर कोरोना संक्रमितको संख्या बढेसँगै होम आइसोलेसन बस्नेको संख्या पनि बढ्दै गएको छ। 

    शनिबार ३० हजार ८ सय १८ जना सक्रिय संक्रमितमध्ये १७ हजार १ सय ६४ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मंन्त्रालयले जनाएको छ।  

    मन्त्रालयका अनुसार सबै भन्दा धेरै बाग्मती प्रदेशमा ११ हजार २ सय ६ जना होम आइसोलेसनमा छन्। 

    त्यस्तै प्रदेश १ मा  २ हजार १ सय ६४, प्रदेश २ मा ५ सय ७९, लुम्बिनी प्रदेशमा १ हजार ५ सय ८४, सुदूरपश्चिम प्रदेशमा ४ सय ४०, गण्डकी प्रदेशमा ५८० र कर्णाली प्रदेशमा ४११ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार