काठमाण्डाै। दिनप्रतिदिन बजारमा चिनीको अभाव बढ्दै गएपछि भारतले नेपाललाई २५ हजार मेट्रिक टन चिनी दिने भएको छ । चिनीको अभाव देखिएपछि नेपालले भारतलाई चिनीमा लगाएको प्रतिबन्ध हटाउन आग्रह गरेको थियो ।
भारतबाट तत्कालका लागि २५ हजार मेट्रिक टन चिनी आउने जानकारी प्राप्त भएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक तीर्थराज चिलुवालले बताए । उनका अनुसार भारतबाट जीटूजी (सरकार सरकार) मार्फत चिनी आउन लागेको हो ।
जीटूजीमार्फत आउन लागेकाले नेपालले चाहेको समयमा यो परिमाणको चिनी खरिद गरेर ल्याउन सक्नेछ । भोलि शनिवार र पर्सि आइतवार भारतमा सरकारी बिदा हुने भएकाले त्यसपछि मात्र चिनी आयात हुने सम्भावना छ । भारतबाट चिनी आएपछि अहिलेको भन्दा भाउ केही सस्तो हुनेछ । अहिले बजारमा कालोबजारीसँगै चिनीको कृत्रिम अभाव भइरहेको छ ।
चाडपर्वको मौका छोपेर केही व्यापारीले चिनी लुकाएको आशङ्का गरिएको छ । सरकारले चिनीका गोदामहरुमा छापा मार्न प्रहरीलाई निर्देशन दिइसकेको छ । यस्तै, चिनीको अभाव हटाउन उद्योगीहरुसँग मौज्दातमा रहेको चिनी पनि बजार पठाउन थालिएको छ ।
काठमाडौँ। आज (सोमबार) सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँ बढेको छ । अघिल्लो दिन ८ हजार ३ सय रुपैयाँ घटेको थियो । नेपाल...
काठमाडौं । बुधबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ बढेको छ । अघिल्लो दिन...
काठमाडौँ। हिजो तोलामा ११ हजार ७ सय रुपैयाँ घटेको सुनको भाउ आज बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ आज सुनको भाउ तोलामा ३ हजार...
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । सुनको भाउ प्रतितोला ११ हजार ७ सय रुपैयाँले गिरावट आएको हो । नेपाल...
काठमाडौं । दशैं सुरु भएसंगै सुनको भाउ ओरालो लागेको छ। विगत ४ दिनमा सुनको भाउ तोलामा ८ हजार १ सय रुपैयाँ घटेको हो । आइतबार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend