Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अमेरिकाका महावाणिज्यदूत र वाणिज्यदूत हेरफेर


    शनिबार, असोज २४ २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • वाशिङ्टन । अमेरिकाका विभिन्न राज्यहरुमा रहेका नेपालका महावाणिज्यदूत तथा वाणिज्यदूतहरुको हेरफेर भएको छ । यही असोज १९ गते बसेको मन्त्रिपरिषद बैठकले अवैतनिक रुपमा काम गर्दै आएका अमेरिकालगायत विश्वका विभिन्न मुलुकका महावाणिज्यदूत तथा वाणिज्यदूत हेरफेर गरेको हो ।

    अवैतनिक वाणिज्यदूत सम्बन्धी (पाँचौ संशोधन) नियमावली, २०३९ मा भएको व्यवस्था बमोजिम उक्त निर्णय मन्त्रिपरिषद्ले गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    अमेरिकाका विभिन्न राज्यमा महावाणिज्यदूत तथा वाणिज्यदूतको रुपमा काम गर्दै आएकाहरुको कार्यकाल अर्को चार वर्ष थपिएको छ । अमेरिकाको मेरिल्याण्ड राज्यमा अवैतनिक महावाणिज्यदूत पदमा कार्यरत प्रेमराजा महत, इलोनोइस राज्यका महावाणिज्यदूत मरभिन ए ब्रसटिन, हवाईमा कार्यरत अवैतनिक वाणिज्यदूत मेरी सी क्यारोल, ओहायो राज्यमा कार्यरत अवैतनिक महावाणिज्यदूत डा. विलियम सि क्यासेलको कार्यकाल थप ४ वर्ष थपिएको छ ।

    यसैगरी वाशिंगटनको सियाटलमा अवैतनिक वाणिज्यदूत पदमा कार्यरत एसी शेर्पालाई पनि थप ४ वर्ष कार्यकाल थपिएको छ । अमेरिकामा कार्यरत अन्य अवैतनिक वाणिज्यदूत तथा महावाणिज्यदूतहरुको कार्यकाल भने थपिएको छैन । उनीहरुको कार्यकाल अहिलेको लागि समाप्त भएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार