काठमाडौँ। आइसिसी टी-२० विश्वकप एसिया छनोटमा आज नेपाल र ओमानबीचको खेल जारी छ ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी नेपालले टस जितेर पहिले बलिङ गरिरहेको छ।
नेपालले ओमानको पहिलो ओभरमै विकेट लियो। ओमानका ओपनर कश्यप प्रजापतिलाई करण केसीले पहिलो ओभरको पाँचौ बलमा विकेट पछाडि विकेटकिपर आसिफ शेखबाट ८ रनको व्यक्तिगत स्कोरमा आउट गरे।
सोमपाल कामीले ओमानका अबिक इल्यासलाई चौथो ओभरको पहिलो बलमा २ रनमा बोल्ड गरे।
नेपालका लागि तेस्रो विकेट गुल्सन झाले पाँचौ ओभरको अन्तिम बलमा लिए। उनले प्रतिक अथाभलेलाई २४ रनमा कप्तान रोहित पौडेलबाट क्याच गराए।
छैटौं ओभरमा सोमपाल कामीले सोएब खानलाई शून्यमा बोल्ड गरे। यससँगै नेपालले पाँच बलको बीचमा दुई विकेट लिन सफल भयो।
नेपालका लागि पाँचौ र छैटौं विकेट सन्दीप लामिछानेले लिए। सन्दीपले १४औं ओभरको पहिलो र दोस्रो बलमा लगातार विकेट लिएका थिए। सन्दीपले आयान खानलाई १८ रनमा बोल्ड गर्दा मोहरान खानलाई शून्यमा एलबिडब्लूको धरापमा पारे।
त्यतिबेला ओमानले १३.२ ओभरमा ६ विकेटको क्षतिमा ८७ रन जोडेको थियो।
समूह ‘ए’ को नेपाल र ओमान यसअघि नै दुई खेल जितेर सेमिफाइनल पुगिसकेका छन्।
नेपालले पहिलो खेलमा सिंगापुरविरुद्ध ८ विकेट र दोस्रो खेलमा मलेसियाविरुद्ध ६ विकेटको जित निकालेको थियो।
ओमानले पहिलो खेलमा मलेसियालाई ३२ रन र दोस्रो खेलमा सिंगापुरलाई २२ रनले हराएको थियो ।
काठमाडौँ। एनपीएलको तेस्रो सिजन अन्तर्गतको तेस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङको निर्णय गरेको छ । तेस्रो संस्करणको नेपाल (एनपीएल)मा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध...
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले विराटनगर किंग्सलाई आठ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा...
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय(टीयू) क्रिकेट...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन गरेका छन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा प्रधानमन्त्री शाहले प्रतियोगिताको उद्घाटन...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को सुरक्षाका लागि दैनिक १ हजार भन्दा बढी प्रहरी परिचालन हुने भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले एनपीएलकै लागि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend