काठमाडौं । सरकारी वार्ता टोलीले अनशनरत डा. गोविन्द केसी पक्षसँग नतिजामुखी वार्ता नचाहेको भन्दै डा. केसी पक्षीय वाता टोलीले थप शसक्त आन्दोलन गर्न अपील गरेको छ । सरकारले सलछामपूर्वक अनिश्चित कालसम्म वार्ता लम्ब्याएर डा. केसीको ज्यान जोखिममा राख्न चाहेको केसी पक्षीय वार्ता टोलीको निष्कर्ष छ।
वार्ता टोलीले शनिबार एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘सरकारको यस्तो रवैयाविरुद्ध तथा डा. केसीको जीवन रक्षाका लागि थप शसक्त आन्दोलनका कार्यमक्रम ल्याउन विभिन्न संघसंस्था ताथा आम नागरिकलाई अपील गर्दछौं।’
यसबाट उत्पन्न हुने असहज परिस्थितिको जिम्मेवार पनि सरकार हुने वार्ता टोलीले जानकारी दिएको छ। सरकार र डा. केसी पक्षबीच शुक्रबार वार्ता भएको थियो । तर वार्तामा कुनै सहमति भएन ।