Nepal Face
  • आइतबार, १० साउन २०८३
  • धनगढीमाई नगरपालिकाको सेवा बन्द


    शनिबार, असोज २४ २०७७
    810
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • लहान। सिरहाको धनगढीमाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित आठ जना कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि छ दिनका लागि नगरपालिकाको अत्यावश्यकबाहेक सम्पुर्ण सेवा बन्द गरिएको छ । प्रमुख प्रशासकीय अधिकृतसहित नगरपालिकाका कर्मचारीमा कोरोना सङ्क्रमण देखिएको र बाँकी कर्मचारीको पनि पिसिआर रिपोर्ट आउन बाँकी रहेकाले असोज २५ देखि ३० गतेसम्मका लागि अत्यावश्यक सेवाबाहेक सम्पूर्ण सेवा बन्द गरिएको जनाइएको छ ।

    नगरपालिकाका अधिकृत सावित्रीकुमारी साहुले सूचना प्रकाशित गरी पिसिआर परीक्षण गराएका बाँकी कर्मचारीको रिपोर्ट नआएसम्म सङ्क्रमण फैलिने जोखिम रहेकाले अत्यावश्यकबाहेक सबै सेवा बन्द गरिएको बताउनुभयो । कोरोना सङ्क्रमण पुष्टि भएका कर्मचारीको सम्पर्कमा आएका व्यक्तिमा पनि सङ्क्रमण हुनसक्ने सम्भावना रहेकाले तत्काल पिसिआर परीक्षण गराउनसमेत सूचनामा आग्रह गरिएको छ । रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार