Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अनसनरत डा. केसीसँग हुनै लागेको सहमति भाँडियो, स्वास्थ्य अवस्था गम्भीर


    शनिबार, असोज २४ २०७७
    850
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । ६ बुँदे माग राखी अनसनरत डा. गोविन्द केसीसँग भइसकेको सहमति पनि अन्तिममा भाँडिएको छ वार्ताटोलीले गरेको सहमति शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले अस्वीकार गरेका छन् । वार्ताटोली र डा् केसीका प्रतिनिधिबीच सहमति भइसकेको तर शिक्षामन्त्रीले त्यसलाई स्वीकार नगरेका कारण भाँडिन पुगेको छ ।

    डा. केसी पक्ष र सरकारी टोलीबीच बिहीबार दिनभर वार्ता भएको थियो । वार्तामा लगभग सहमति जुटेको थियो । सहमतिको मस्यौदाबारे सरकारी वार्ता टोली एवं शिक्षा सचिव गोपी मैनालीले प्रधानमन्त्री केपी शर्मा ओलीसम्म पुर्याइ पनि सकेका थिए । 

    सरकारी पक्षबाट त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)का पदाधिकारी लगायतको नियुक्तिको मापदण्ड ऐनमा समावेश नहुँदासम्म हुने नियुक्तिबारे सहमतिको मस्यौदाको भाषामा थोरै हेरफेर गरेको थियो ।

    यी लगायत अरु विषयमा दुबै वार्ताटोली सहमत थिए । त्यही परिमार्जित विषयमा दुई वार्ता टोली बसेर टुंगो लगाउने र डा. केसीको अनसन शुक्रबार नै तोडाउने तयारी थियो । तर शिक्षामन्त्री पोखरेलले वार्ताटोलीले गरेको सहमति नमानेका कारण भाँडिएको छ । शिक्षामन्त्री पोखरेलले दुई वार्ता टोलीले बनाएको मस्यौदामा थप संशोधन गरेपछि सहमति हुन नसकेको स्रोतले बताएको छ ।

    सरकारले माग सुनुवाइ नगर्दा डा. केसीको स्वास्थ्य भने थप गम्भीर भएको छ । बिहीबार राति स्वास फेर्न थप गाह्रो भएर अक्सिजनको मात्रा बढाउनु परेको डा तोशिमा कार्कीले जानकारी दिएकी छन् ।

    डा. केसीको शरीरको नसाबाट रगत ननिस्केपछि ब्लड स्याम्पल लिन नसकिएको उनले बताइ् । शरीरमा विभिन्न तत्वको मात्रा सकिँदै जाँदा उनका नसा पनि सुकेका छन् । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार