वीरगञ्ज। गोली लागेर मृत्यु भएका कलैयाको बाल एकता बोर्डिङका प्रिन्सिपल रूपेश स्वर्णकारको हत्या महिलासँगको प्रेम सम्बन्धका कारण भएको खुलेको छ।
एकजना महिलासँग उनको प्रेम सम्बन्ध रहेको तथा सोही कारण उनको हत्या भएको प्रहरीको अनुमान छ।
कलैयाकै एक महिलासहित ६ जनालाई प्रहरीले पक्राउ गरेको बाराका प्रहरी प्रवक्ता एवम् डिएसपी दधिराम न्यौपानेले जानकारी दिए। जसमा तीन जना भारतीय रहेका छन्।
ती महिलाको प्रेम सम्बन्ध अर्कै पुरुषसँग पनि भएकाे र सोही कारण स्वर्णकारको हत्या भएको हो।
उक्त हत्यामा भारतीय सुटरको प्रयोग गरिएको देखिएको छ। पक्राउ परेकी महिलाकै योजनामा भारतबाट सुटर मगाएर गोली हानी हत्या भएको हो।
हत्या कसरी र किन भएको हो भन्नेबारे छिटो पत्रकार सम्मेलन गरी जानकारी दिने प्रवक्ता न्यौपानेले बताए।
सोमबार दिउँसो दुईवटा मोटरसाइकलमा आएका व्यक्तिहरूले पछाडिबाट लखेटेर गोली प्रहार गर्दा स्वर्णकार गम्भीर घाइते भएका थिए। उनको उपचारको क्रममा वीरगञ्जस्थित वयोद्धा अस्पतालमा मृत्यु भएको थियो।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend