Nepal Face
  • बुधबार, १२ कार्तिक २०८३
  • लगातार दोस्रो जितको खोजीमा नेपाल आज मलेसियासँग भिड्दै


    मंगलबार, कार्तिक १४ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । काठमाडौंमा जारी आइसिसी टी–२० विश्वकप एसिया फाइनल क्षेत्र छनोटमा नेपाल आफ्नो दोस्रो खेलमा आज मलेसियासँग भिड्दै छ । नेपाल र मलेसियाबीचको खेल दिउँसो साढे १ बजे कीर्तिपुरस्थित त्रिवि मैदानमा सुरु हुनेछ ।

    नेपाल प्रतियोगितामा लगातार दोस्रो जितको खोजीमा छ । नेपालले पहिलो खेलमा सिंगापुरलाई ८ विकेटले हराएको थियो । मलेसिया भने प्रतियोगितामा पहिलो जितको खोजीमा छ । ऊ पहिलो खेलमा ओमानसँग ३२ रनले पराजित भयो ।

    मलेसियासँग हेड टु हेड

    हालसम्म नेपाल र मलेसियाले एकअर्काविरुद्ध ९ टी–२० खेल खेलेका छन् । जसमा नेपालले ८ र मलेसियाले एक खेल जितेको छ । पछिल्लो पाँच खेलमा नेपालले मलेसियालाई ४ खेलमा हराएको छ ।

    यी दुई टिमले अन्तिमपटक गत वर्षको अप्रिलमा खेलेका थिए । जसमा नेपाल ८५ रनले विजयी भयो । नेपाल यसपटक पनि मलेसियाविरुद्ध सहज जित निकाल्ने योजनामा छ । मलेसिया भने नेपालसँग बदला लिने दाउमा छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार