Nepal Face
  • आइतबार, १० साउन २०८३
  • गोदावरी नगरपालिका एक हप्ताका लागि बन्द


    शुक्रबार, असोज २३ २०७७
    755
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • ललितपुर । गोदावरी नगरपालिका आउँदो आइतबारदेखि एक हप्ताका लागि बन्द हुने भएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारतीले आज सूचना जारी गर्दै नगरपालिकामा दिनानुदिन कोरोना सङ्क्रमित सङ्ख्या उच्च दरले बढ्दै गइरहेकाले सो निर्णय गरिएको जानकारी दिनुभयो । उक्त सूचनामा नेपाल सरकारले अत्यावश्यक सेवा भनी राजपत्रमा प्रकाशन गरेका सेवा मात्र सञ्चालनमा रहने जानकारी दिइएको छ ।

    यसैबीच गोदावरीमा आजसम्म कोरोना सङ्क्रमितका कूल सङ्ख्या २८२, डिस्चार्ज भएका १४६, होम आइसोलेशनमा रहेका १२१, अस्पतालमा उपचार भइरहेका ६, नगरपालिकाको बडिखेल आइसोलेशनमा ६ र सङ्क्रमणबाट मृत्यु भएका तीन रहेको नगरपालिकाले जनाएको छ । यही असोज २० गते गोदावरीका नगर प्रमुख गजेन्द्र महर्जन पनि १६ औँ दिनमा कोरोना सङ्क्रमणमुक्त हुनुभएको थियो । रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार