काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट नेपालमा हालसम्म ६ सय जनाको मृत्यु भएको छ । शुक्रबार मात्र नेपालमा थप १० जनाको मृत्यु भएको हो । बिहीबार देशभर १२ जनाको कोरोना संक्रमण मृत्यु भएको छ ।
कोरोना संक्रमण फैलिएसँगै नेपालमा मृतकको संख्या पनि बढ्दै गैरहेको छ । यसरी मृत्यु हुनेमा सबे उमेर समूहका रहेका छन् । विशेषगरी दीर्घरोगीहरुले यो भाइरसको संक्रमणबाट ज्यान गुमाएको पाइएको छ ।