Nepal Face
  • शनिबार, २७ भाद्र २०८३
  • मोरङमा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु


    सोमबार, कार्तिक १३ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • विराटनगर। मोरङको बेलबारीमा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु भएको छ । ढिस्कोले पुरिएर बेलबारी नगरपालिका–१० सुनीता राजवंशीको आइतबार साँझ मृत्यु भएको हो । प्रहरीका अनुसार बेलबारी–८ स्थित भलुवाईमा बाँसको झ्याङमुनि माटो खन्ने क्रममा अचानक ढिस्को खसेर उनलाई पुरेको थियो ।

    ढिस्कोले पुरेपछि सँगै माटो खन्न गएकी स्थानीय गीता राजवंशीले उनको उद्धार गरेकी थिइन् । गम्भीर घाइते अवस्थामा उपचारका लागि उनलाई विराटनगरको नोबेल शिक्षण अस्पताल लगिएको थियो।

    उनलाई साँझ ५ बजेतिर चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार