Nepal Face
  • बिहिबार, १३ कार्तिक २०८३
  • आईसीसी विश्वकप: भारतसँग इंग्ल्यान्ड हार्यो


    सोमबार, कार्तिक १३ २०८०
    995
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौंं : इङल्यान्डलाई १ सय रनले पराजित गर्दै आयोजक भारत आईसीसी विश्वकपको शीर्ष स्थानमा प्रवेश गरेको छ। यससँगै जारी विश्वकपमा भारतले लगातार ६ खेल जितेको छ।

    लखनाउमा टस हारेर पहिला ब्याटिङ गरेको घरेलु टोली भारतले इङल्यान्ड सामु निर्धारित ५० ओभरमा २२९ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको थियो।

    जवाफी ब्याटिङमा उत्रिएको इङल्यान्ड ३४ दशमलव ५ ओभरमा १२९ रनमा अलआउट भयो।

    भारतका लागि कप्तान रोहित शर्माले १०१ बलमा ८७ रन जोडे। केएल राहुलले ३९ र सूर्यकुमार यादवले ४९, जसप्रित ब्रुमाहले १६ रन बनाएर।

    बलिङतर्फ इङल्यान्डका डेभिड विल्लेले सर्वाधिक तीन विकेट लिए। क्रिस वोक्स र अदिल राशिदले समान २–२ विकेट लिए। मार्क उडको नाममा एक विकेट रह्यो।

    जवाफी ब्याटिङमा उत्रिएको इङल्यान्डका दुवै ओपनर चल्न सकेनन्। जोनी ब्रेस्टोले १४ र दविड मलानले १६ रन जोडे। लाइम लिभिङस्टोनले सर्वाधिक २७ रन जोडे। अन्य खेलाडी घरेलु बलर सामु चल्न सकेनन्।

    पाहुुना टोलीलाई सस्तैमा समेट्न मोहम्मद शामीले सर्वाधिक चार विकेट लिए । जस्प्रित ब्रुमाहले तीन, कुलदीप यादवले दुई र रवीन्द्र जडेजाले एक विकेट लिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार