Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काठमाडौं उपत्यकामा थपिए १४ सय ९ जना कोरोना संक्रमित


    शुक्रबार, असोज २३ २०७७
    945
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौंमा उपत्यकामा थप १ हजार ४ सय ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

    शुक्रबार गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप १ हजार ४ सय ९ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।  

    काठमाडौंमा १ हजार १ सय १६, भक्तपुरमा १ सय ३० र ललितपुरमा १ सय ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

    शुक्रबार मात्र नेपालमा थप २ हजार ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भइ नेपालमा कुल संक्रमितको संख्या १ लाख ६ सय ७६ पुगेको छ।

    संक्रमितमध्ये ७३ हजार २३ जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट अहिलेसम्म ६ सय जनाको मृत्यु भएको छ।  

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार