काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया छनोट फाइनल प्रतियोगिता आज (सोमबार)देखि काठमाडौंमा सुरु हुने भएको छ । उक्त प्रतियोगिता घरेलु टोली नेपालसहित एसियाका उत्कृष्ट ८ एसोसिएट राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् ।
पहिलो दिन कुल चार खेल हुनेछ । समूह ए मा रहेको घरेलु टोली नेपालले पहिलो खेलमा सिंगापुरसँग खेल्नेछ । यो खेल कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान ९ बजे सुरु हुनेछ ।
समूह एअन्तर्गत नै ओमान र मलेसियाबीचको खेल टीयू मैदानमै दिउँसो सवा १ बजे सुरु हुनेछ ।
यस्तै समूह बीअन्तर्गत यूएई र बहराइनबीचको खेल बिहान ९ बजे मुलपानी क्रिकेट मैदानमा सुरु हुनेछ । समूह बी कै हङकङ र कुवेतबीचको खेल दिउँसो सवा १ बजे मुलपानीमा हुनेछ ।
१९ कात्तिकसम्म सञ्चालन हुने प्रतियोगितामा दुवै समूहबाट शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् । सेमिफाइनल जित्दै फाइनल पुग्ने दुई टोली अर्को वर्ष अमेरिका र वेस्टइन्डिजमा हुने टी-२० विश्वकपमा छनोट हुने छन् ।
दोस्रो पटक टी-२० विश्वकपमा छनोट हुने लक्ष्यमा नेपाल रहेको छ ।
नेपालले सन् २०१४ मा बंगलादेशमा टी-२० विश्वकपमा डेब्यु गरेको थियो । तर, त्यसपछिका तीन संस्करणमा भने नेपाल छनोट हुन सकेन ।
यस पटक नेपाललाई घरेलु मैदानमै शीर्ष दुईमा रहेर विश्वकप पुग्ने सुनौलो अवसर छ ।
अर्को वर्ष हुने टी-२० विश्वकपमा २० टोली सहभागी हुँदैछन् ।
नेपाली टीम : रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, सन्दीप जोरा, गुलशन झा, सोमपाल कामी, करण केसी, अविनाश बोहोरा, सन्दीप लामिछाने, विनोद भण्डारी (विकेट किपर), प्रतिश जिसी, बिबेक यादव, ललित राजबंशी
काठमाडौँ। एनपीएलको तेस्रो सिजन अन्तर्गतको तेस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङको निर्णय गरेको छ । तेस्रो संस्करणको नेपाल (एनपीएल)मा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध...
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले विराटनगर किंग्सलाई आठ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा...
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय(टीयू) क्रिकेट...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन गरेका छन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा प्रधानमन्त्री शाहले प्रतियोगिताको उद्घाटन...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को सुरक्षाका लागि दैनिक १ हजार भन्दा बढी प्रहरी परिचालन हुने भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले एनपीएलकै लागि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend