काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १ लाख नाघेको छ । शुक्रबार २ हजार ५९ संक्रमित थपिएसँगै कोरोनाको आँकडा १ लाख नाघेको हो । हालसम्म नेपालमा १ लाख ६ सय ७६ पुगेकोस्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
देशभर आजसम्म सक्रिय संक्रमितको संख्या २७ हजार ५३ रहेको छ ।
पछिल्लो २४ घण्टामा १ हजार ८० जना देशभरका विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म ७३ हजार २३ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ७२ दशमलव ५ प्रतिशत रहेको छ ।
पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १३ हजार २ सय ७९ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म ११ लाख ४५ हजार २ सय ३७ जनाको पीसीआर परीक्षण गरिएको छ ।
देशभरका संस्थागत आइसोलेसन ११ हजार १ सय ७६ जना र होम आइसोलेसनमा १५ हजार ८ सय ७७ जना रहेका छन् । आजसम्म देशभर ४ हजार ७ सय ३ जना क्वारेन्टिनमा रहेका छन् ।
देशभर ७५ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर ३ सय १८ जना आईसीयूमा राखेर उपचार भैरहेको छ ।