काठमाडौं । नेपाली सेनाका २ हजार ९ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेनाका अनुसार पछिल्लो २४ घण्टामा मात्रै १९ जना कोरोना संक्रमित थपिएका हुन् ।
यस्तै हालसम्म दुई सैनिकले कोरोनाका कारण ज्यान गुमाइसकेका छन् भने आइसोलेसनमा १ हजार ४ सय ६८ जना रहेका छन्। अहिलेसम्म १ हजार ५ सय १८ जना निको भएर काममा फर्किसकेका छन् ।
सेनाले आफ्नो हरेक ब्यारेक, पृतना, गण, गुल्म, तालिम केन्द्रहरुमा स्वास्थ्य सुरक्षालाई उच्च प्राथमिकता दिए पनि सैनिकहरुमा कोरोना संक्रमण भने देखिने क्रम रोकिएको छेन।