Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राष्ट्रसंघ महासचिव गुटेरेसले भने- संक्रमणकालीन न्यायको प्रक्रियामा सघाउन तयार छौं


    आइतबार, कार्तिक १२ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपालको संक्रमणकालीन न्याय प्रक्रियामा सघाउन तयार रहेको बताएका छन् । तर यो अन्तर्राष्ट्रिय मापदण्ड, सर्वोच्च अदालतको आदेश र पीडित मैत्री हुनुपर्ने उनले दाबी गरे ।

    नेपाल भ्रमणमा रहेका राष्ट्रसंघका महासचिव गुटेरेसले आज सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् ।

    उक्त भेटपछि संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै गुटेरेसले नेपालको आगामी दिन महत्वपूर्ण हुने बताए ।

    गुटेरेसले नेपाल विकासोन्मुख देशमा बढुवा हुन लाग्नुका साथै शान्ति प्रक्रिया र संक्रमणकालीन न्याय अन्तिम चरणमा पुगेको बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार