Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • लुम्बिनी प्रदेशका कानुनमन्त्री केसीलाई कोरोना संक्रमण


    शुक्रबार, असोज २३ २०७७
    755
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • बुटवल । लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

    रुघाखोकी र ज्वरो आएपछि मन्त्री केसीले शुक्रबार बिहान लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पीसीआर परीक्षण गर्दा उनको रिपोर्ट पोजेटिभ आएको हो ।

    मन्त्री केसीका स्वकीय सचिव पवनकुमार कुँवरले सामाजिक सञ्जाल फेसबुकमार्फत मन्त्री केसीमा कोरोना संक्रमण पुष्टि भएको सार्वजनिक गरेका छन् ।

    कुँवरका अनुसार मन्त्री केसी हाल मन्त्री निवासमै आइसोलेसनमा बसेका छन् । रुघाबाहेक स्वास्थ्यमा अन्य समस्या नरहेको कुँवरले बताए ।

    मन्त्री केसीलाई कोरोना संक्रमण पुष्टि भएसँगै अन्य हाई प्रोफाइलका व्यक्तिहरू पनि जोखिममा परेका छन्। गत मंगलबार मात्रै प्रदेशसभा बैठकमा सहभागी भएका केसीलाई संक्रमण भएपछि अन्य सहभागीहरूमा पनि संक्रमणको जोखिम बढेको हाे।

    बैठकमा सहभागी मुख्यमन्त्री शंकर पोखरेललगायत सरकारका मन्त्रीहरू, सभामुख, उपसभामुख, प्रदेशसभा सदस्य, कर्मचारी, सुरक्षाकर्मी तथा सञ्चारकर्मीहरु समेत बैठकमा सहभागी थिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार