Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • त्रिकोणात्मक टी- २० श्रृंखलामा यूएईविरुद्ध टस हारेर ब्याटिङ गर्दै नेपाल


    शुक्रबार, कार्तिक १० २०८०
    1000
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । त्रिकोणात्मक टी- २० श्रृंखलाअन्तरगत फाइनल खेलमा आज (शुक्रबार)नेपालले यूएईविरुद्ध खेल्दैछ ।

    त्रिवि क्रिकेट मैदानमा नेपालले टस हारेर पहिलो ब्याटिङ रोजेको छ । उक्त खेल केहीबेरमा सुरु हुँदैछ ।

    उपाधिका लागि नेपाल र यूएईले प्रतिस्पर्धा गर्न लागेको हो । नेपाल र यूएईबीचको खेल आज बिहान ११ बजेदेखि कीर्तिपुरस्थित त्रिवि मैदानमा सुरु हुनेछ ।

    यसअघिका लिग चरणका खेलहरु मुलपानी क्रिकेट मैदानमा खेलाइएको थियो ।

    घरेलु टोली नेपाल लिग चरणमा अपराजित रहँदै फाइनल खेल्न लागेको हो । नेपालले समूह चरण ४ वटै खेल जितेर फाइनलमा पुगेको हो । नेपालले लिग चरणमा यूएईलाई ७ र ५ विकेट तथा हङकङलाई ६ विकेट र ७९ रनले हराएको थियो ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार