Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सरकारी टोलीका कारण डा. केसीका प्रतिनिधिबीचको वार्तामा ढिलाइ


    शुक्रबार, असोज २३ २०७७
    765
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । अनशनरत डा. गोविन्द केसीका प्रतिनिधिसँगको वार्ता अझै सुरु भएको छैन । बिहीबार सहमतिमा नपुगेपछि पुन: शुक्रबार बस्‍ने गरी वार्ता टुंगिएको थियो । तर सरकारी टोलीले अलमल गर्दा वार्ता हुन नसकेको हो । 

    डा. गोविन्द केसी पक्षका वार्ता समिति सदस्य ओमप्रकाश अर्यालले सरकारका वार्ता समितिका प्रतिनिधिले अहिलेसम्म समय नतोकेको बताए । उनले भने, “हामी त वार्ता गर्न तयार छौं ।” बिहीबार गरिएको वार्ता सकारात्मक रहेकोसमेत उनले जानकारी दिए ।

    उता, शिक्षासचिव गोपीनाथ मैनालीले अहिले अनौपचारिक  छलफलमा रहेका बताए । उनले भने, “औपचारिक रुपमै वार्तामा आज कतिबेला बस्‍ने तय भैसकेको छैन ।” उनका अनुसार अब बस्‍ने वार्ता निष्कर्षसहितको हुनेछ ।

    यता, डा. केसीको स्वास्थ्य अवस्था निकै जटिल बन्दै गएको उनका सहयोगीले बताएका छन् । डा. केसीको रक्तचाप र सुगरको मात्रा अत्यधिक घट्नेलगायत अन्य समस्यासमेत थपिँदै गएको छ ।

    डा. केसीका तर्फबाट डा. जीवन क्षेत्रीको संयोजकत्वमा चार सदस्यीय वार्ता टोली छ, जसमा नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष डा. अञ्‍जनीकुमार झा, संघका वर्तमान अध्यक्ष डा. लोचन कार्की र ओमप्रकाश अर्याल छन् ।

    सरकारका तर्फको वार्ता टोलीमा शिक्षासचिव मैनालीको संयोजकत्वमा स्वास्थ्य मन्त्रालयका सह-सचिव डा. गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक डा. दिलीप शर्मा छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार