काठमाडौं । नेपालले एक वर्ष भित्रमा साढे १४ खर्बको व्यापार घाटा व्यहोरेको छ । आर्थिक वर्ष २०७९/०८० मा नेपालले १६ खर्ब ११ अर्ब ७३ करोड रुपैयाँ बराबरको आयात गरेको छ ।
नेपालले सोही वर्ष १ खर्ब ५७ अर्ब १४ करोड रुपैयाँ बरारबको वस्तु निर्यात गरेको छ । नेपालले १४ खर्ब ५४ अर्ब ५९ करोड रुपैयाँको घाटा व्यहोरेको हो ।
एक वर्षको अवधिमा नेपालको सबैभन्दा बढी व्यापार घाटा भारत र दोस्रोमा चीनसँग छ ।
भन्सार विभागको तथ्यांक अनुसार नेपालले सबैभन्दा बढी निर्यात गरेका देश यी हुन्ः
१.भारत– एक वर्ष अर्थात् गत आर्थिक वर्षमा नेपालले भारतमा करिब १ खर्ब ६ अर्ब बराबरको निर्यात गरेको छ । भारतबाट नेपालले १० खर्ब २७ अर्ब ८४ करोड रुपैयाँको आयात गरेको छ । यसरी भारतसँगको व्यापार घाटा ९ खर्ब २१ अर्ब रहेको छ ।
२.अमेरिका– एक वर्षमा नेपालले अमेरिकामा १९ अर्ब ५७ करोडको निर्यात गरेको छ । अमेरिकाबाट १९ अर्ब ४२ करोडको मात्रै आयात गर्दा, नेपाल १४ करोडले व्यापार नाफामा रहेको छ ।
३.जर्मनी– नेपालले एक वर्षमा जर्मनीमा ४ अर्ब ३५ करोड रुपैयाँको निर्यात गरेको छ । तर, ६ अर्ब ७५ कराडको आयात गर्दा २ अर्ब ४० करोडको व्यापार घाटा रहेको छ ।
४.बेलायत– बेलायतमा नेपालले गत आर्थिक वर्ष २०७९/८० मा ३ अर्ब ३३ करोड रुपैयाँको निर्यात गरेको छ । बेलायतबाट ६ अर्ब ४८ करोड रुपैयाँ बराबरको आयात गर्दा व्यापार घाटा ३ अर्ब १४ करोड रुपैयाँ रहेको छ ।
५.टर्की– नेपालले टर्कीमा २ अर्ब १५ करोड रुपैयाँको निर्यात गर्दा ४ अर्ब ४३ करोडको आयात गरेको छ । यसरी टर्कीसँग नेपालको व्यापार घाटा २ अर्ब २७ करोड छ ।
६.फ्रान्स– एक वर्षमा नेपालले फ्रान्समा १ अर्ब ८३ करोड रुपैयाँको निर्यात गरेको छ भने ८ अर्ब १२ करोडको आयात गरेको छ । यसरी व्यापार घाटा ६ अर्ब २९ करोड रुपैयाँ रहेको छ ।
७.क्यानडा– क्यानडामा १ अर्ब ७८ रुपैयाँ बराबरको निर्यात गर्दा त्यहाँबाट ४ अर्बको आयात भएको छ । क्यानडासँगको व्यापार घाटा २ अर्ब २८ करोड छ ।
८.चीन– नेपालले चीनमा १ अर्ब ७६ करोडको निर्यात गर्दा त्यहाँबाट २ खर्ब २२ अर्बको आयात गरेको छ । व्यापार घाटा चीनसँग २ खर्बभन्दा माथि छ ।
९.अस्ट्रेलिया– नेपालले अस्ट्रेलियामा १ अर्ब ६१ करोड रुपैयाँ बराबरको निर्यात गरेको छ । अस्ट्रेलियाबाट १८ अर्ब ६० करोड रुपैयाँ बराबरको आयात गर्दा व्यापार घाटा १६ अर्ब ९८ करोड छ ।
१०.जापान– नेपालले जापानमा १ अर्ब ४२ करोड रुपैयाँ बराबरको निर्यात गरेको छ । तर, जापानबाट ५ अर्ब ४४ करोड रुपैयाँ बराबरको आयात गर्दा व्यापार घाटा ४ अर्ब छ ।
त्यस्तै, नेपालले सबैभन्दा बढी आयात गर्नेमा चीन दोस्रो नम्बरमा भए पनि निर्यातमा भने चीन ८ औं नम्बरमा छ । सबैभन्दा बढी निर्यात गर्ने १० देशको सूचीमा नेपालको व्यापार नाफा अमेरिकासँग मात्रै छ ।
काठमाडौं । शुक्रबार एकैदिन सुनको भाउ तोलामा ५ हजार ८ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला...
काठमाडौं। नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ। बुधबार सुन प्रतितोला ५ हजार ४०० र चाँदी प्रतितोला ११० रुपैयाँले बढेको हो। नेपाल...
काठमाडौं। सरकारले अब हरेक दिन कर प्रणालीमा आबद्ध नागरिकलाई लखपति बनाउँदै छ। मूल्य अभिवृद्धि कर ९भ्याट० र स्थायी लेखा नम्बर (प्यान) मा आबद्ध भएका...
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनका लागि छलफल सुरु गरेका छन् । भर्खरै अर्थ मन्त्रालयको सुवर्ण हलमा बजेट...
काठमाडौं । नेपाल आयल निगमले उपभोक्ताहरुलाई भरी सिलिन्डर ग्याँस उपलब्ध गराउने भएको छ । अमेरिका–इरान तनावपछि निगमले २०८२ फागुन २९ गतेदेखि आधा सिलिन्डर (७.१...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend