Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • त्रिदेशीय टी–२० क्रिकेट शृङ्खला: फाइनलमा पुग्न आज यूएई र हङकङ खेल्दै


    बुधबार, कार्तिक ८ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाण्डाै। त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलामा बुधबार यूएई र हङकङ भिड्दै छन् । उक्त खेल मूलपानी क्रिकेट मैदानमा दिउँसो १ बजे शुरु हुनेछ ।

    नेपाल, यूएई र हङकङ सहभागी शृङ्खलामा चार खेल जितेर नेपाल फाइनलमा पुगिसकेको छ । नेपालको आठ अङ्क छ ।

    एक खेल जितेको यूएई दुई अङ्कसहित दोस्रो स्थानमा छ । हङकङ अङ्कविहीन छ । आजको खेल जितेमा वा बराबरी भएमा यूएई फाइनलमा पुग्नेछ । आजको खेलमा जितसहित रनरेटमा यूएईलाई पछि पार्न सके मात्रै हङकङ फाइनलमा पुग्नेछ ।

    फाइनल खेल पर्सि शुक्रवार कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा हुनेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार