Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपालले यूएईलाई दियो २८१ रनको लक्ष्य


    मंगलबार, कार्तिक ७ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । यू–१९ प्रिमियर कपको उपाधि जित्नका लागि नेपालले यूएईलाई २८१ रनको लक्ष्य दिएको छ ।

    मलेसियाको बायोमास ओभलमा टस जितेर ब्याटिङ थालेको नेपालले कप्तान देव खनालको शतकको मदतमा निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २८० रन बनायो ।

    नेपालको सुरुवात भने खराब थियो । १४ रन जोड्दा २ विकेट गुमाएको नेपालका लागि खनालले कप्तानी पारी खेले । उनले तेस्रो विकेटका लागि अर्जुन कुमालसँग १२५ रनको साझेदारी गरे । २६औं ओभरको पाँचौं बलमा कुमाल ५५ रनमा आउट भए । त्यसपछि उत्तम थापा मगरसँग ४५ रनको साझेदारी गरेका खनाल शतक बनाएर आउट भए ।

    उनले ९० बलमा शतक रन पुरा गरेका थिए । थप दुई बल सामाना गरेका उनी १०० रनमै आउट भए ।

    उत्तमले पनि अर्धशतक पुरा गरे । पाँचौं विकेटका दिपक डुम्रेका लागि ५८ रनको साझेदारी गरेका उत्तम ५३ रनमा आउट भए ।

    यूएईका हरित शेट्टीले ५ विकेट लिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार