Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • जितका लागि नेपाललाई यूएईले दियो १६५ रनको लक्ष्य


    सोमबार, कार्तिक ६ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक टी-२० शृङ्खलामा नेपाललाई यूएईले जितका लागि १६५ रनको लक्ष्य प्रदान गरेको छ ।

    टस जितेर नेपालले पहिले फिल्डिङ रोजेपछि ब्याटिङ गरेको यूएईले ७ विकेट गुमाएर १६४ रन बनाएको हो ।

    यूएईका लागि वृत्य अरविन्द र बासिल हमीदले समान ४५ /४५ रन बनाए ।

    यस्तै आसिफ खान १८, खालिद शाह १२, अलिशान शराफु ९, अल नासिर ९ र मोहम्मद वासिम ८ रन बनाएर आउट भए ।

    निलान्स केश्वानी ८ र अकिफ राजा ५ रनमा अविजित रहे ।

    नेपालका सोमपाल कामी र अविनाश बोहोराले २/२ विकेट लिए भने करण केसी र गुल्शन झाले एक/एक विकेट लिए ।

     

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार