काठमाडौँ । त्रिकोणात्मक टी—२० क्रिकेट शृङ्खलाको आज (आइतबार) खेलिएको खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) ले हङ्कङलाई ६ विकेटले हराएको छ । उक्त जारी प्रतियोगितामा यूएईको यो पहिलो जित हो ।
काठमाडौँको मुलपानी क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको हङ्कङले निर्धारित ओभरमा पाँच विकेट गुमाएर एक सय ४९ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको यूएईले भने १८ ओभरमा चार विकेट गुमाएर एक सय ५३ रन बनाउँदै विजय लक्ष्य पार गरेको थियो ।
यूएईको जितमा ओपनर मुहम्मद वसिमले ४० रनको योगदान गरे । उनले केवल १७ बलमा तीन छक्का र चार चौका हिर्काएका थिए । कप्तान वसिम र खादिल शाहले ओपनिङ विकेटका लागि ६५ रनको साझेदारी गरेका थिए ।
खालिद शाहले पनि टोलीको खातामा ३७ रन थपे । उनले ३२ बलमा तीन छक्का र एक चौका प्रहार गरे । वृत्य अरविन्दले २९ रन बनाए । तेस्रो नम्बरका ब्याट्सम्यान अरविन्दले २५ बलको सामना गरी एक छक्का र दुई चौका प्रहार गरे ।
आसिफ खानले १२, एलिसन सराफुले अविजित २० र बासिल हमिदले अविजित ११ रन बनाए । हङ्कङका बलर यासिम मुर्तजाले दुई विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको हङ्कङका लागि बाबर याहातले ६६ रन बनाएका थिए । तर, टोलीको जितका लागि त्यो पर्याप्त हुन सकेन । उनले ४५ बलमा पाँच छक्का र तीन चौका हिर्काएका थिए ।
हङ्कङका लागि ईजाज खानले पनि ४८ रनको योगदान गरेका थिए । उनले ४३ बलको सामना गरी एक छक्का र तीन चौका पनि हिर्काए । अन्शी राथले १४ रन जोडे । हङ्कङका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । यूएईका बलर जाहुर खानले तीन र निलान्स केशवानीले दुई विकेट हात पारे ।
जारी शृंखलामा नेपालले भने लगातार तेस्रो जित हासिल गर्दै फाइनलमा स्थान पक्का गरिसकेको छ । नेपालले शनिबार खेलिएको आफ्नो तेस्रो खेलमा हङ्कङलाई ७९ रनले हराएको थियो । त्यसअघि नेपालले आफ्नो पहिलो खेलमा यूएईलाई सात विकेटले पराजित गरेको थियो ।
यसैगरी आयोजक नेपालले आफ्नो दोस्रो खेलमा हङ्कङलाई ६ विकेटले हराएको थियो ।
काठमाडौँ। एनपीएलको तेस्रो सिजन अन्तर्गतको तेस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङको निर्णय गरेको छ । तेस्रो संस्करणको नेपाल (एनपीएल)मा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध...
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले विराटनगर किंग्सलाई आठ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा...
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय(टीयू) क्रिकेट...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन गरेका छन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा प्रधानमन्त्री शाहले प्रतियोगिताको उद्घाटन...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को सुरक्षाका लागि दैनिक १ हजार भन्दा बढी प्रहरी परिचालन हुने भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले एनपीएलकै लागि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend