Nepal Face
  • आइतबार, १० साउन २०८३
  • त्रिकोणात्मक टी-२० शृङ्खला : हङ्कङलाई यूएईले हरायो


    आइतबार, कार्तिक ५ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • काठमाडौँ । त्रिकोणात्मक टी—२० क्रिकेट शृङ्खलाको आज (आइतबार) खेलिएको खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) ले हङ्कङलाई ६ विकेटले हराएको छ । उक्त जारी प्रतियोगितामा यूएईको यो पहिलो जित हो ।

    काठमाडौँको मुलपानी क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको हङ्कङले निर्धारित ओभरमा पाँच विकेट गुमाएर एक सय ४९ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको यूएईले भने १८ ओभरमा चार विकेट गुमाएर एक सय ५३ रन बनाउँदै विजय लक्ष्य पार गरेको थियो ।

    यूएईको जितमा ओपनर मुहम्मद वसिमले ४० रनको योगदान गरे । उनले केवल १७ बलमा तीन छक्का र चार चौका हिर्काएका थिए । कप्तान वसिम र खादिल शाहले ओपनिङ विकेटका लागि ६५ रनको साझेदारी गरेका थिए ।

    खालिद शाहले पनि टोलीको खातामा ३७ रन थपे । उनले ३२ बलमा तीन छक्का र एक चौका प्रहार गरे । वृत्य अरविन्दले २९ रन बनाए । तेस्रो नम्बरका ब्याट्सम्यान अरविन्दले २५ बलको सामना गरी एक छक्का र दुई चौका प्रहार गरे ।

    आसिफ खानले १२, एलिसन सराफुले अविजित २० र बासिल हमिदले अविजित ११ रन बनाए । हङ्कङका बलर यासिम मुर्तजाले दुई विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको हङ्कङका लागि बाबर याहातले ६६ रन बनाएका थिए । तर, टोलीको जितका लागि त्यो पर्याप्त हुन सकेन । उनले ४५ बलमा पाँच छक्का र तीन चौका हिर्काएका थिए ।

    हङ्कङका लागि ईजाज खानले पनि ४८ रनको योगदान गरेका थिए । उनले ४३ बलको सामना गरी एक छक्का र तीन चौका पनि हिर्काए । अन्शी राथले १४ रन जोडे । हङ्कङका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । यूएईका बलर जाहुर खानले तीन र निलान्स केशवानीले दुई विकेट हात पारे ।

    जारी शृंखलामा नेपालले भने लगातार तेस्रो जित हासिल गर्दै फाइनलमा स्थान पक्का गरिसकेको छ । नेपालले शनिबार खेलिएको आफ्नो तेस्रो खेलमा हङ्कङलाई ७९ रनले हराएको थियो । त्यसअघि नेपालले आफ्नो पहिलो खेलमा यूएईलाई सात विकेटले पराजित गरेको थियो ।

    यसैगरी आयोजक नेपालले आफ्नो दोस्रो खेलमा हङ्कङलाई ६ विकेटले हराएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार