Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • इजाजतविना नै रेष्टुरेन्ट निर्माणः महानगरपालिका रोक्ने, प्रहरी राति राति निर्माण गर्न दिने


    बिहिबार, असोज २२ २०७७
    855
    Shares
    Basu Dev Paudel
  • ४ मिनेट पाठ
  • काठमाडौं । दरबारमार्गस्थित उडल्याड होटलको छतमा अनुमतिविना नै  रेष्टुरेन्ट संचालन गर्न टहरा बनाउन थालेपछि गायक योगेश्वर अमात्यले प्रहरीमा उजुरी दिएका छन् । काठमाडौं महानगरपालिकाको इजाजत नै नलिई श्री गुरुङले दरबारमार्गको उडल्याण्ड होटलको छतमा अक्टिभ रेष्टुरेन्ट निर्माण सुरु गरेपछि अमात्यले उजुरी दिएका हुन् । काठमाडौंं महानगरपालिकाको अनुमतिबेगर नै गुरुङले रेष्टुरेन्ट बनाएपछि रोक्न निर्देशन दियौं । पटक पटक भन्दा पनि नमानेपछि आज प्रहरीसमेत राखेर रोक्न निर्देशन दिइएको छ, काठमाडौं महानगरका एसपी धनपति सापकोटाले भने । 

    ठीक एक बर्षअघि २०७६ असोज २६ मा दरबारमार्गको भिक्ट्री लाउन्जमा आगलागी भएपछि छतमा रेष्टुरेन्ट निर्माणको अनुमति नदिने काठमाडौं महानगरपालिकको नीति बनाएको छ । तर श्री गुरुङले जबर्जस्ती महानगरपालिकको अनुमतिबेगर नै उडल्षण्ड होटलको छतमा रेष्टुरेन्ट निर्माण सुरु गरेपछि विवाद सृजना भएको हो ।  

    नगर प्रहरीले पटक पटक महानगरबाट इजाजत नलिई रेष्टुरेन्ट नबनाउन निर्देशन दिंदा दिउँसो नबनाउने तर राति राति बनाउने काम गुरुङले गर्दैआएका थिए । राति राति रेष्टुरेन्ट निर्माण भइरहेकोबारेमा गायक अमात्यले प्रहरीलाई गुनासो गरे । तर प्रहरीको सीआरभीका एक सई निर्माण भएको ठाउँमा आए पनि नरोकेको गुनासो गायक अमात्यले गर्दैआएका छन् । उडल्याण्ड होटलको छतमा २ तलाको टहरा निर्माण गरी अक्टिभ रेष्टुरेन्ट संचालन गर्ने तयारीमा गुरुङ छन् । 

    गुरुङले कमसल निर्माण सामग्री र छड समेत मसिनो हालेर संरचना निर्माण गर्दा ठूलो जमघट हुँँदा दुर्घटना हुने खतरा समेत रहेको बिषय पनि महानगरमा पुगेको छ । यसरी अनुमति दिंदा पुनः भिक्ट्री लाउन्जकै दुर्घटना दोहोरिन सक्ने भएकाले महानगरपालिका छतमा टहरा बनाएर रेष्टुुरेन्ट संचालन गर्न इजाजत दिने पक्षमा नभएकाले गुरुङले अनुमतिविना नै निर्माण सुरु गरेका हुन् ।   तर श्री गुरुङले महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यदेखि प्रहरीलाई मिलाएर पावर शो गर्दै निर्माण जारी राखेका छन् । गुरुङले दरबारमार्गका डीएसपी रामेश्वर पौडेल धरानमा कार्यरत हुँदा चिनजान भएकाले राति राति होटल निर्माण गरेको आरोप छ । राति होटल निर्माण जारी राखेकोबारेमा खबर गर्दा पनि प्रहरीले नरोकेको आरोप उजुरीकर्ता अमात्यले भन्दैआएका छन् । 

     बिहीबार नगर प्रहरी र महानगरीय प्रहरी बृत्त दरबारमार्गका डीएसपीको रोहबरमा महानगरपालिकासँग इजाजत लिएर मात्र रेष्टुरेन्ट निर्माण गर्न निर्देशन दिइएको सापकोटा बताउँछन् ।

    महानगरपालिकाको अनुमतिबेगर राति रेष्टुरेन्ट बनाउन दिएको बिषयमा दरबारमार्ग बृत्तका डीएसपी रामेश्वर पौडेलसँग बुझ्दा उनले भने, गायक अमात्य र रेष्टुरेन्ट निर्माण गर्ने गुरुङ दुवैले शान्ति सुरक्षाको निवेदन दिएको बताए । ‘मापदण्ड अनुसार निर्माण भए नभएको हेर्ने प्रहरीको काम होइन, शान्ति सुरक्षा हेर्ने हो ।’ उनले भने, आज बोलाएर दुवै पक्षका अतिरिक्त महानगर प्रहरीको रोहबरमा इजाजत लिएर मात्र निर्माण गर्न भनेका छौं ।

    यसैबीच, दरबारमार्ग प्रहरीले कोभिड–१९ को महामारीमा पनि दरबारमार्गको लीक्वीड लाउन्ज लगायतका रात्रि क्वब रातभर संचालन गर्न छुट दिएको समाचार छ । लीक्वीड लाउन्ज संजीव लामा स्यालको हो । जो गुण्डानाइके गणेश लामाको काभ्रेली समूहका हुन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार