काठमाडौँ । नेपाली टोली मलेसियामा जारी एसीसी यू—१९ प्रिमियर कप क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गर्न सफल भएको छ । वर्षाबाट प्रभावित सेमिफाइनल खेलमा आज शनिबार जापानलाई ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा एक सय ४४ रनले हराउँदै नेपाल फाइनलमा पुगेको हो । प्रतियोगिताको फाइनलमा पुगेसँगै नेपाली टोली आगामी यू—१९ एसिया कपका लागि पनि छनोट भएको छ ।
नेपालले अब प्रतियोगिताको अक्टोबर २४ तारिखमा हुने फाइनल खेलमा उपाधिका लागि संयुक्त अरब इमिरेट्स (यूएई) को सामना गर्नेछ । त्यसअघि अक्टोबर २३ तारिखमा जापान र सिंगापुरबिच तेस्रो स्थानका लागि खेल हुनेछ ।
टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले २५ ओभरमा दुई विकेट गुमाएर एक सय ४० रन बनाएपछि वर्षा सुरु भएको थियो । जापानविरुद्धको सेमिफाइनल खेलमा नेपालले गतिलो सुरुआत गरेको थियो ।
वर्षाले खेल अवरुद्ध हुँदा नेपालका लागि तेस्रो नम्बरका ब्याट्सम्यान आकाश त्रिपाठी अविजित ३५ र कप्तान देब खनाल अविजित आठ रन बनाउँदै क्रिजमा थिए ।
आकाशले ४७ बलको सामना गरी एक छक्का र एक चौका हिर्काएका थिए । नेपालका ओपनर ब्याट्सम्यानद्वय दीपक बोहरा र अर्जुन कुमालले ३२ रनको साझेदारी गरेका थिए । दीपक ७९ रन बनाएर आउट भएका थिए । उनले ७० बलमा दुई छक्का र १० चौका पनि प्रहार गरेका थिए ।
अर्जुन भने १० रनमा पेभेलियन फर्किएका थिए । नेपालले अतिरिक्त रुपमा आठ रन पाएको थियो । जापानका बलर काजुमा कातो स्टाफोर्ड र किफर यामामोतोले एक—एक विकेट लिएका थिए । त्यसपछि खेल वर्षाका कारण खेल रोकिएको थियो ।
अर्को सेमिफाइनल खेलमा सिंगापुरलाई हराउँदै संयुक्त अरब इमिरेट्स (यूएई) फाइनलमा पुगेको हो । नेपाल समूह ‘ए’ र जापान समूह ‘डी’ को विजेता बन्दै सेमिफाइनलमा पुगेका थिए । यूएई समूह ‘बी’ र सिंगापुर समूह ‘सी’ को विजेताका रुपमा सेमिफाइनलमा प्रवेश गरेका थिए ।
नेपालले समूहगत चरणको तीनवटै खेलमा जित हात पारेको थियो । नेपालले आफ्नो पहिलो खेलमा इरानलाई दुई सय ७४ रनको विशाल अन्तरले हराएको थियो । दोस्रो खेलमा नेपालले बहराइनलाई सात विकेटले पराजित गरेको थियो । नेपालले तेस्रो खेलमा साउदी अरेबियालाई तीन सय दुई रनले हराएको थियो ।
प्रतियोगितामा १६ वटा राष्ट्र सहभागी छन् । यो प्रतियोगिताबाट तीनवटा टोली यसै वर्ष पाकिस्तानमा आयोजना हुने एसीसी यू—१९ एसिया कपमा छनोट हुनेछन् । छनोट प्रतियोगितामा पहिलो र दोस्रो हुने टोली एसीसी यू—१९ एसिया कपको समूह ‘ए’ मा पर्नेछन् ।
त्यो प्रतियोगिताको समूह ‘ए’ मा भारत र पाकिस्तान छन् ।
काठमाडौं। फिफा विश्वकप २०२६ अन्तर्गतको अन्तिम क्वाटरफाइनल खेलमा अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई पराजित गर्दै सेमीफाइनल प्रवेश गरेको छ। कान्सास सिटी स्टेडियममा भएको खेलमा अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई ३-१...
काठमाडौँ। प्रतिनिधि सभा सदस्य रमेश मल्लले नेपाल फुटबल संघ ९एन्फा० माथि अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले लगाएको निलम्बन सरकारको अदूरदर्शिता र खेलकुद संस्थामा गरिएको...
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)पदाधिकारीलाई विदेश यात्रामा अवरोध नगर्न उच्च अदालत पाटनले आदेश जारी गरेको छ। अदालतका न्यायाधीशद्वय गणेशप्रसाद बराल र तेजेन्द्रप्रसाद शर्मा...
काठमाडौँ। अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई अनिश्चितकालका लागि निलम्बन गरेको छ। फिफा काउन्सिल ब्युरोले बुधबार फिफा विधानको धारा १६...
काठमाडौं । अष्ट्रियाले फिफा विश्वकप-२०२६ मा विजयी सुरुवात गरेको छ । अमेरिका क्यार्लिफोर्नियास्थित सान फ्रान्सिस्को वे एरिया रङ्गशालामा बुधवार भएको आफ्नो पहिलो खेलमा अष्ट्रियाले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend