काठमाडौँ । नेपालमा कोरोना भाइरस संक्रमण निको हुनेको संख्या ७१ हजार ३४३ पुगेको छ । पछिल्लो २४ घण्टामा २ हजार ६७५ जना संक्रमण मुक्त भएका छन् । बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार देशभरबाट ७१ हजार ३ सय ४३ जना निको भएर घर फर्किएको उल्लेख छ ।
पछिल्लो २४ घण्टामा देशभर ४३ सय ६४ जना संक्रमित भएका छन् । जसमा उपत्यकामा मात्रै २५ सय ४० रहेको छ । संक्रमितको संख्या बिहीबार अपराह्नसम्म ९८ हजार ६ सय १७ पुगेको छ । यस्तै कोरोनाबाट मृत्यु हुनेको संख्या ५ सय ९० पुगेको छ ।
२४ घण्टामा १२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । २४ घण्टामा १८ हजार ४७३ पीसीआर परीक्षण भएका छन् । हालसम्म पीसीआर परीक्षण भने ११ लाख ३१ हजार ९ सय ५८ पुगेको मन्त्रालयको तथ्यांकमा छ । नेपालमा क्वारेन्टाइनमा रहनेको संख्या ४ हजार ४६० रहेको छ ।