Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • त्रिकोणात्मक टी–२० सिरिज : हङकङलाई नेपालले दियो २१४ रनको लक्ष्य


    शनिबार, कार्तिक ४ २०८०
    1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । त्रिकोणात्मक टी–२० सिरिजको तेस्रो खेलमा नेपालले आज हङकङ हङकङलाई २१४ रनको लक्ष्य दिएको छ ।

    कुशल मल्ल र दीपेन्द्र सिंहको विस्फोटक ब्याटिङसँगै नेपालले हङकङलाई २१४ रनको लक्ष्य दिएको हो ।

    उक्त खेलमा मुलपानी क्रिकेट मैदानमा टस जितेर व्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २१३ रन बनाएको हो ।

    नेपालको सुरुवात भने राम्रो थिएन । ९ रन जोड्दा पहिलो विकेटका रुपमा कुशल भुर्तेल मात्र २ रनमा आउट भएका थिए । तेस्रो नम्बरमा आएका सोमपाल कामी पनि मात्र ८ रनमै आउट भए । त्यसपछि आसिफ शेख (२०) र कप्तान रोहित पौडेल (११) को विकेट गुमाउँदा नेपालको स्कोर ५५/४ थियो ।

    तर, कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले कीर्तिमानी शतकीय साझेदारी गरे । दुवैले पाँचौं विकेटका लागि १४५ रनको साझेदारी गरे ।

    टी-२० आईमा पाँचौ विकेटका लागि नेपालको यो नै उच्च साझेदारी हो । यसअघि पाँचौ विकेटका लागि रोहित पौडेल र गुल्सन झाले १९औं एसियाडमा माल्दिभ्सविरुद्ध ७० रनको साझेदारी गरेका थिए ।

    कीर्तिमानी साझेदारी गर्ने क्रममा मल्ल शतक नजिक पुगे भने ऐरीले अर्धशतक बनाए । ३० बलमा ५० रन पूरा गरेका ऐरी १९औं ओभरको अन्तिम बलमा ५७ रनमा आउट भए । ३४ बलको सामना गरेका उनले दुई छक्का र ६ चौका हानेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार